birat ribon

प्रिमियर लिग : चेल्सीको मैदानमा लिभरपुलको जित, विजयी यात्रा कायमै

Neuro
प्रिमियर लिग : चेल्सीको मैदानमा लिभरपुलको जित, विजयी यात्रा कायमै

विराटनगर, ६ असोज । इंग्लिस प्रिमियर लिगमा साबिकको उपविजेता लिभरपुलले आफ्नो विजयी यात्रा कायमै राखेको छ । आइतबार राति भएको खेलमा उपाधि दाबेदार टोली चेल्सीलाई २–१ गोलले हराउँदै लिभरपुलले आफ्नो विजयी यात्रा कायम राखेको हो ।

aa

cura insider

चेल्सीको घरेलु मैदानमा भएको यस खेलमा घरेलु टोलीलाई हराउन ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्ड र रोबर्टो फिर्मिन्होले समान १–१ गोल गरे । यता, पराजित टोली चेल्सीका लागि एन‘गोलो कान्टेले १ गोल फर्काए । लिभरपुलले खेलको १४औं मिनेटमा एलेक्जेन्डर–आर्नोल्डको गोलमा अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ३०औं मिनेटमा फिर्मिन्होले गोल गरेपछि पाहुना टोली लिभरपुलले आफ्नो अग्रता दोब्बर बनायो । यस्तै पहिलो हाफ २–० गोलले पछि परेको चेल्सीले खेलको ७१औं मिनेटमा एक गोल फर्कायो । उसका लागि कान्टेले गोल गरेका थिए । तर, बाँकी समय गोल हुन नसकेपछि लिभरपुलले आफ्नो विजयी यात्रा कायमै राख्यो ।

aa

यस जितसँगै लिगको शीर्ष स्थानको लिभरपुलले ६ खेलबाट १८ अंक बनाएको छ । यता, पराजित चेल्सी भने ८ अंकसहित ११औं स्थानमा झरेको छ । लिगको दोस्रो स्थानमा म्यानचेष्टर सिटी, तेस्रोमा लेइस्टर सिटी, चौथोमा आर्सनल र पाँचौंमा वेस्ट ह्याम छन् ।

jackson ribon