birat ribon

पीएसजीको जितमा नेयमारको निर्णायक गोल

Neuro
पीएसजीको जितमा नेयमारको निर्णायक गोल

विराटनगर, ६ असोज । फ्रेन्च लिग वानमा डिफेन्डिङ च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले लियोनविरुद्ध १–० गोलको जित निकालेको हो ।

jj

cura insider

लियोनकै घरेलु मैदानमा भएको उक्त खेलमा पीएसजीलाई जिताउन स्टार खेलाडी नेयमारले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा बितेको उक्त खेलको अन्तिम ३ मिनेट बाँकी छँदा नेयमारले गोल गर्दै टोलीलाई जिताएका थिए । ब्राजिलियन स्टार नेयमारले खेलको ८७औं मिनेटमा एन्जल डी मारियाको पासमा गोल गर्दै पीएसजीलाई १–० गोलको जित दिलाए ।

यस जितसँगै शीर्ष स्थानको पीएसजीले १५ अंक बनाएको छ । उसले ६ खेलमध्ये ५ खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । यता, पराजित लियोन भने अंक तालिकाको नवौं स्थानमा छ ।

jackson ribon