birat ribon

ला लिगामा : बेन्जेमाको गोलमा रियल मड्रिडको जित, दोस्रो स्थानमा उक्लियो

Neuro
ला लिगामा : बेन्जेमाको गोलमा रियल मड्रिडको जित, दोस्रो स्थानमा उक्लियो

विराटनगर, ६ असोज । स्पेनिस ला लिगामा रियल मड्रिडले आफ्नो तेस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडले सेभिल्लाविश्रद्ध १–० गोलको जित निकालेको हो ।

aa

cura insider

सेभिल्लाको घरेलु मैदानमा भएको उक्त खेलमा रियल मड्रिडलाई जिताउन स्टार खेलाडी करिम बेन्जेमाले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा बितेको उक्त खेलको ६४औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए ।

यस जितसँगै पाँचौं स्थानमा रहेको रियल दोस्रो स्थानमा उक्लिएको छ । उसले ५ खेलबाट ११ अंक बनाएको छ । रियलले ३ खेलमा जित र २ खेलमा बराबरी खेलेको छ । यता, पराजित सेभिल्ला भने पाँचौं स्थानमा झरेको छ ।

लिगमा समान ११ अंकका साथमा एथ्लेटिको बिल्बाओ शीर्ष स्थानमा छ भने दोस्रोमा ग्रानडा, चौथोमा रियल सोसिडाड रहेको छ । साबिकको विजेता बार्सिलोना भने अंक तालिकाको आठौं स्थानमा छ ।

jackson ribon