birat ribon

लिवरम्यानले नेतन्याहु वा गान्ज कसैलाई पनि नसघाउने

Neuro
लिवरम्यानले नेतन्याहु वा गान्ज कसैलाई पनि नसघाउने

जेरूसेलम ५ असोज । इजरायलमा राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयनका लागि गृहकार्य गरिरहेका समय पूर्व रक्षामन्त्री अभिडोर लिबरम्यानले निवर्तमान प्रधानमन्त्री वेन्जामिन नेतन्याहु वा अर्का नेता वेन्नी गान्ज कसैलाई पनि प्रधानमन्त्रीको लागि समार्थन नगर्ने भएका छन् ।

गत हप्ता सम्पन्न निर्वाचनमा नेता नेतन्याहुको दलको अनपेक्षित हार भएपछि प्रधानमन्त्रीका लागि गान्जले सक्रियता देखाएका छन् । यस्तै प्रधानमन्त्रीका लागि नेतन्याहुको दलले पनि दावी गरिरहेको छ ।

cura insider

लिवरम्यानको राष्ट्रवादी पार्टी यिजरायल बेतेनुले पनि प्रधानमन्त्रीका लागि राष्ट्रपति रेउभेन रिभलिनसँगको परामर्शमा सम्भवतः लिवरम्यानलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा पठाउने छ । निर्वाचन परिणामले कसैलाई पनि प्रस्ट बहुमत नदिएपछि इजरायलमा सत्ताका लागि नयाँ समीकरणको प्रयास जारी छ ।

jackson ribon