birat ribon

म्यानचेष्टर यूनाइटेड पराजित

Neuro
म्यानचेष्टर यूनाइटेड पराजित

विराटनगर ५ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबारको खेलमा वेष्टहामले म्यानचेष्टर युनाइटेडलाई हराएको छ । वेष्टहामले युनाइटेडलाई २- ० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा वेष्टहामले पहिलो हाफको अन्तिमतिर एन्ड्री यामोलोन्कोले गोल गरेपछि अग्रता लिएको थियो । खेलको ८६ औं मिनेटमा फ्रि किक गोल गर्दै आरोन क्रसवेलले घरेलु टोलीको जित निश्चित गरे । युरोपा लिगमा अस्टानामाथि १- ०को जित निकाल्दा ९ खेलाडी परिर्वतन गरेका युनाइटेडका प्रशिक्षकले लिगमा भने लिसेस्टरलाई हराएको टोली नै उतारेका थिए ।

cura insider

६ खेल खेल्दै म्यान्चेष्टर ८ अंक सहित अंक तालिकामा ८ औँ स्थानमा नै रहेको छ । युनाइटेडको यो दोश्रो हार हो ।

jackson ribon