birat ribon

एपिएफले झापालाई हरायो

Neuro
एपिएफले झापालाई हरायो

विराटनगर ५ असोज ।
एपीएफ क्लब काठमाडौंले मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

आइतबारको खेलमा झापा ११ लाई २–० गोल अन्तरले हराउँदै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएफका लागि रोहित थापा र हरि कार्कीले १/१ गोल गरे । २६ औं मिनेटमा रोहित थापाको गोलबाट एपीएफले गोलको खाता खोलेको थियो । थापाले कर्नरबाट गरेको प्रहारलाई गोलरक्षकले क्लियर गर्न नसक्दा झापा दबाबमा प¥यो । ७० औं मिनेटमा हरि कार्कीले गोल थपेर एपीएफको जित निस्चित गरे ।

cura insider

खेलको म्यान अफ दी म्याद एपीएफका गोल रक्षक राजु नगरकोटी घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । सोमबारको खेलमा मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौं र गोर्खा ब्वायज क्लब बुटवलबीच भिडन्त हुनेछ ।

jackson ribon