birat ribon

पाकिस्तानी प्रधानमन्त्री न्यूयोर्कमा, राष्ट्रसंघको महासभामा कश्मीर विषय उठाउने

Neuro
पाकिस्तानी प्रधानमन्त्री न्यूयोर्कमा, राष्ट्रसंघको महासभामा कश्मीर विषय उठाउने

न्यूयोर्क ५ असोज । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क पुगेका छन् । उनले न्यूयोर्कमा उच्चस्तरीय भेटवार्ता पनि सुरु गरेका छन् । प्रधानमन्त्री खान साउदी युवराज मोहम्मद बिन सल्मानको “विशेष विमान”बाट शनिबार न्यूयोर्क पुगेका हुन् ।

न्यूयोर्क पुगेपछि पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानका विदेश मन्त्री शाह मेहमुद कुरेशीले विदेशी नेताहरुसँगको भेटका क्रममा प्रधानमन्त्री खानले काश्मिर मामिलालाई प्राथमिकता दिने बताए । प्रधानमन्त्री खानको यो भ्रमण सात दिने रहेको पनि उनले जानकारी दिए । न्यूयोर्क आउनुअघि उनी साउदी अरब गएका थिए । साउदी अरबको दुई दिने भ्रमणपछि त्यतैबाट खान साउदी युवराजको विमानबाट न्यूयोर्क गएका हुन् ।

cura insider

दुवै मुस्लिम राष्ट्रका युवराज र प्रधानमन्त्री काश्मिर क्षेत्रका मुस्लिम समुदायका बारेमा छलफल गरेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले राष्ट्रसंघको महासभामा पनि काश्मिरका बारेमा कुरा उठाउने बताए । खानले यही सेप्टेम्बर २७ तारिखका दिन महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

jackson ribon