birat ribon

कुमार पौडेलका आफन्तको गुनासो ‘तीन महिनामा सार्वजनिक भएन् प्रतिवेदन’

Neuro
कुमार पौडेलका आफन्तको गुनासो ‘तीन महिनामा सार्वजनिक भएन् प्रतिवेदन’

काठमाडौं, ५ असोज । सर्लाही लालबन्दी नगरपालिका–१ का विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेलको हत्या घटनामा दोषीलाई कारवाही गर्न उनको परिवारले माग गरेको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले घटनामा दोषीलाई कारवाही गर्न माग गरे ।

हत्या प्रकरणको तीन महिना बितेपनि प्रतिवेदन सार्बजनिक नभएको बताउँदै पीडित परिवारले दोषिमाथि कारवाहीको माग गरेको हो । पौडेलको गत असार ५ गते प्रहरीको गोली लागेर ज्यान गएको थियो ।
मृतकका भाई हरिकृष्ण पौडेलले आफ्नो दाईको हत्या भएको तीन महिना बितिसक्दापनि राष्ट्रिय मानव अधिकार आयोगले घट्नाको सत्य, तथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक नगरेको बताए ।
कुमारले सागरनाथ वन विकास परियोजनामा बसेका सुकुम्वासीको हितमा आवाज उठाउँदा र पेट्रोल पम्पको लागि सरकारले खरिद गरेको जग्गामा भएको घोटालाको विषयलाई जोडदार रुपमा उठाउँदा सरकारले निशाना बनाएको आरोप लगाए ।
मृतककी श्रीमती कला पौडेलले सरकारले आफ्नो श्रीमान्को हत्यालाई दोहोरो भीडन्त भनेपनि बास्तवमा त्यो दोहोरो भिडन्त नभएर गैरन्यायिक हत्या भएको दाबी गरिन् । कार्यक्रममा मृतककी आमा दुर्गादेवी पौडेलले सरकारले योजनाका साथ आफ्नो बाँच्ने साहारा खोसेको बताइन् । ‘म ७० वर्षको बृद्ध कहाँ जाऔँ ? को सँग न्याय मागौँ ? उनले भनिन ‘ आज म न्यायको भीख माग्दै यहाँसम्म आएको छु । मलाई न्याय चाहियो ।’

cura insider
jackson ribon