birat ribon

दाजुलाई घाइते बनाएर भाईले गरे आत्महत्या

Neuro
दाजुलाई घाइते बनाएर भाईले गरे आत्महत्या

ईलाम ५ असोज । इलाममा एकजनाले दाजुलाई खुकुरी प्रहार गरि घाइते बनाएर आफूले आत्महत्या गरेका छन् । इलामको सन्दकपुर गाउँपालिका १ झ्याउपोखरीका ४२ वर्षीय बुद्धवीर राईले दाजु ६४ बर्षीय विष्णु राईलाई खुकुरीले प्रहार गरी घाईते बनाएपछि झुण्डिएर आत्महत्या गरेका हुन् ।

आइतबार बिहान साढे १० बजे बारीमा घाँस काटिरहेका दाजु बिष्णुलाई एक्कासी कन्चटमा खुकुरी प्रहार गरी उनी फरार भएका थिए । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी बन्दुकेबाट प्रहरीको टोलीले घाइतेलाई उपचारको लागि झापा पठाएको छ ।

cura insider

खुकुरी प्रहार गरेर फरार रहेका बुद्धवीर राईलाई प्रहरीले खोजी गर्ने क्रममा नजिकै रहेको गोगुनको रुखमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारेको छ ।

jackson ribon