birat ribon

मेस्सी र रोनाल्डोमा को उत्कृष्ट ? यसो भन्छन् लिजेन्ड धावक उसेन बोल्ट

Neuro
मेस्सी र रोनाल्डोमा को उत्कृष्ट ? यसो भन्छन् लिजेन्ड धावक उसेन बोल्ट

एजेन्सी, ५ असोज । पछिल्लो एक दशकयता अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोबीच को उत्कृष्ट भन्ने विषयमा बहस हुँदै आइरहेको छ । मैदानमा मात्र नभएर मैदानबाहिर पनि प्रतिद्वन्द्वीका रूपमा चिनिने यी दुई खेलाडीमध्ये को उत्कृष्ट भन्ने विषयलाई लिएर खेलाडी, प्रशिक्षक, विश्लेषक एवं समीक्षकले आ–आफ्नो ढंगबाट टीका–टिप्पणी गर्ने गर्दछन् ।

aa

cura insider

यस्तैमा लिजेन्ड धावक तथा जमेइकाका ३३ वर्षीय उसेन बोल्टले पनि मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने विषयमा बोलेका छन् । आठ पटकका गोल्ड मेडालिस्ट बोल्टलाई हालै एक अन्तर्वार्ताका क्रममा मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने प्रश्न गरिएको थियो । जसमा, बोल्टले एकदमै चाखलाग्दो जवाफ दिएका छन् ।

फिफाको आधिकारिक साइट ‘फिफा डटकम’सँगको अन्तर्वार्ताका क्रममा बोल्टले आफूलाई दुवै खेलाडी मन पर्ने बताएका छन् । उनले भनेका छन्, ‘धेरै मानिसहरूले यो प्रश्न गर्ने गर्छन् । तर, मलाई दुवै खेलाडी उत्तिकै मन पर्छ । उनीहरू दुवै जना फुटबलका प्रभावशाली खेलाडी हुन् । म चाँहि सधैं रोनाल्डोको ठूलो समथर्क हुँ ।’

यसैगरी बोल्टले आफू रोनाल्डोको समर्थक हुनुको कारण पनि बताए । उनले भने, ‘म रोनाल्डोको क्षमताका कारण उनको फ्यान भएको हुँ । उनले तीन देशका फरक–फरक लिगमा सफलता पाइसकेका छन् । उनी इंग्ल्याण्डका साथै स्पेन र इटालीबाट लिग जित्ने सफल खेलाडी हुन्, यसैले म उनको ठूलो फ्यान हुँ ।’

aa

यस्तै बोल्टले वर्ष खेलाडीको उपाधि जितेका भर्जिल भान डाइकल पनि मेस्सी र रोनाल्डोको स्तरमा आइपुग्न लागेको बताए । मेस्सी र रोनाल्डोलाई उछिन्दै वर्ष खेलाडी बनेका लिभरपुलका स्टार भान डाइक पनि तीन उत्कृष्ट खेलाडीमध्ये एक भएको उनको भनाइ छ । उनले भने, ‘रोनाल्डो, मेस्सी र भान डाइक धेरै राम्रा खेलाडी हुन् । रोनाल्डो र मेस्सीले समान पाँच–पाँच पटक बालोन डी‘ओर जितेका छन् । तर, भान डाइकले हालै मात्र यूइएफए उत्कृष्ट अवार्ड जितेका छन् ।’

उनले थपे, ‘लिभरपुललाई च्याम्पियन्स लिग दिलाएबापत उनले वर्ष खेलाडीको अवार्ड हात पारे । उनले अघिल्लो सिजन लिभरपुललाई डोहोर्याएकै हुन् । र, अब उनको समय आउँदैछ । त्यैपनि म रोनाल्डो, मेस्सी र भान डाइकमध्ये एक रोज्नुपर्दा रोनाल्डो नै रोज्छु ।’

jackson ribon