birat ribon

भुटान भर्सेस् नेपाल : पहिलो हाफमा नेपाल पछाडि

Neuro
भुटान भर्सेस् नेपाल : पहिलो हाफमा नेपाल पछाडि

काठमाडौं, ५ असोज । तेस्रो संस्करणको यू–१८ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानको सामना गरिरहेको छ ।

हलचोकस्थित एपीएफको खेल मैदानमा भइरहेको उक्त खेलको पहिलो हाफमा नेपाल १–० गोलले पछि परेको छ । खेलको ४१औं मिनेटमा भुटानका लागि यशी दोर्जीले गोल गरेपछि नेपाल पहिलो हाफमा १–० गोलले पछि परेको हो ।

cura insider

सेमिफाइनलमा पुग्ने लक्ष्यसहित भुटानविरुद्ध खेलिरहेको नेपालले यस खेलमा जित निकाले सेमिफाइनलमा पुग्नेछ । भुटानसँग बराबरीमा रोकिएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने रहन्छ । नेपालले उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्यो । सोही कारणपनि नेपाल भुटानविरुद्ध भने नेपाल जितको दाउमा छ ।

यो संस्करणको उपाधि जितेमा नेपालले ह्याट्रिक मनाउने छ । यसअघि सन् २०१५ र २०१७ मा भएको यू–१८ साफ च्याम्पियनसिपको उपाधि नेपालले उचालेको थियो ।

jackson ribon