birat ribon

बढी मेकअप गर्ने महिलामा प्रजनन् क्षमता कम !

Neuro
बढी मेकअप गर्ने महिलामा प्रजनन् क्षमता कम !

विराटनगर, ५ असोज । सबै जनालाई सुन्दर हुने इच्छा हुन्छ । महिलाहरू सुन्दर बन्नका लागि धेरै पैसा खर्च गरेर धेरैपल्ट पार्लरसमेत धाउने गर्छन् । पार्लरले सुन्दर त बनाउँछ तर, सधैँजसो गरिने मेकअपले विभिन्न रोगको लक्षण पनि निम्त्याउन सक्छ ।

मेकअपको राम्रो ज्ञान र सही तरिकाले प्रयोग गर्न नआउँदा शरीरलाई समेत हानी पुग्न सक्छ । दैनिक मेकअपको प्रयोग पनि गर्नु हुँदैन । मेकअपले अझ उमेरभन्दा बुढो बनाउने गर्छ । अनुहारलाई सुन्दर बनाउने चक्करमा झन् भयानक बन्नुका साथै छालामा विभिन्न रोगहरू देखा पर्न थाल्छ । उमेर बढ्दै गएमा, जीवनशैलीमा परिवर्तन, तनावका कारण, शरीरका विभिन्न रोगहरूका कारण मानिसहरूको सुन्दरतामा कमि आउने गर्छ ।

cura insider

aa

एक अध्ययनले बढी मेकअप गर्दा महिलाको प्रजनन् क्षमतासम्बन्धी समस्या आउन सक्ने खबर सार्वजनिक गरेको छ । नेशनल इन्स्टिच्यूट अफ हेल्थ तथा नेशनल इन्स्टिच्यूट अफ इन्भाइरोमेंट हेल्थ साइन्सले गरेको रिसर्चका अनुसार बढी मेकअप गर्ने महिलालाई सन्तान उत्पादनमा समस्या पर्ने गरेको पाइएको छ । मेकअपका सामग्रीहरूमा पाइने विभिन्न हानिकारक रसायनका कारण महिलालाई प्रजनन स्वास्थ्यमा समस्या हुने स्रोतले दाबी गरेको छ ।

शोधकर्ताहरुले ३१ हजार ५ सय ७५ महिलामाथि यो अध्यन गरेका थिए । जसमा १ सय ११ प्रकारका रसायनले गर्ने असरबारे जाँच गरिएको थियो । कस्मेटिक मात्र नभएर शौचालयमा प्रयोग हुने विभिन्न रसायन र अन्य प्याकेटका खानेकुराले समेत प्रजनन् क्षमतामा असर पार्ने अध्ययनले देखाएको छ । अध्यनका क्रममा लिपिष्टिक, नङमा लगाउने पालिस हटाउने रसायन, बडी वास, हेयर केयर, परफ्युमलगायतका रसायनले प्रजननमा असर पार्ने, गर्भपात हुने, निसन्तान हुने, जन्मेको बच्चामा समेत अनेकौं रोग लग्न सक्ने पाइएको हो ।

sdf

धेरैजसोले सुन्दर हुनु भएको सफा अनुहार, मिलेको जिउ, राम्रो कपाल, राम्रो र महँगो लुगा लगाउने मात्र बुझेका हुन्छन् तर, सुन्दरता उमेर, खानपान, सरसफाइ, आनीबानी र पहिरन शैलीमा निर्भर गर्ने कुरा हो । सुन्दर र जवान देखिनका लागि शरीर स्वास्थ्य हुनु पर्छ । सुन्दर देखिनका लागि मेकअपमा मात्र जोड दिनुभन्दा पनि जीवनशैलीमै परीवर्तन गर्नुपर्छ ।

निन्द्रा पुग्नेगरी सुत्ने गर्दा शरीरको हर्मोन मात्र सन्तुलित रहँदैन, प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ । तनाव, रिस, क्रोधले सौन्दर्यमा ह्रास आउने हुँदा सधैँ खुशी रहनु पर्छ । सुन्दर हुनका लागि खानपानका साथै सरसफाइमा एकदम धेरै ध्यान दिन आवश्यक देखिन्छ ।

jackson ribon