birat ribon

प्रिमियर लिग : आज चेल्सी र लिभरपुलको भिडन्त हुँदै, आर्सनल र युनाइटेड पनि प्रतिस्पर्धामा

Neuro
प्रिमियर लिग : आज चेल्सी र लिभरपुलको भिडन्त हुँदै, आर्सनल र युनाइटेड पनि प्रतिस्पर्धामा

विराटनगर, ५ असोज । इंग्लिस प्रिमियर लिगमा आज चार ठूलो खेल हुँदैछन् । लिगको छैटौं सातको अन्तिम दिन आज ८ टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आजको खेलमा साबिकको उपविजेता लिभरपुलका साथै उपाधि दाबेदार टोली चेल्सी, आर्सनल र म्यानचेष्टर युनाइटेड प्रतिस्पर्धामा छन् । आजको पहिलो खेलमा युनाइटेडले वेस्ट ह्यामसँग खेल्दैछ । नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुने उक्त खेल वेस्ट ह्यामकै घरेलु मैदानमा हुनेछ । जारी लिगमा युनाइटेड छैटौं तथा वेस्ट ह्याम ११औं स्थानमा छ ।

cura insider

यस्तै साँझ ६ः४५ बजेबाट हुने अर्को खेलमा १३औं स्थानको क्रिष्टल प्यालेस र १९औं स्थानको वुल्भसले खेल्नेछन् । यो खेल क्रिस्टल प्यालेको घरेलु मैदानमा हुनेछ । यस्तै आजको तेस्रो खेलमा आर्सनलले नवप्रवेशी क्लब एस्टोन भिल्लासँग खेल्नेछ । आर्सनलकै मैदानमा हुने यो खेल भने राति ९ः१५ बजेबाट हुनेछ ।

यस्तै आजको चौथो तथा अन्तिम खेल भने रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आजको अन्तिम खेलमा साबिकको उपविजेता लिभरपुलले उपाधि दाबेदार टोली चेल्सीसँग खेल्नेछ । चेल्सीको मैदानमा हुने यो खेल पनि राति ९ः४५ बजेबाट सुरु हुनेछ ।

जारी लिगमा लिभरपुलद शीर्ष स्थानमा छ भने चेल्सी नवौं स्थानमा छ । यो खेलमा लिभरपुल आफ्नो विजयी यात्रा कायमै राख्ने दाउमा हुनेछ भने चेल्सी लिभरपुलको विजयी यात्रामा विश्राम लगाउने दाउमा छ । यसबाहेक चेल्सी आफ्नो तेस्रो जित निकाल्दै शीर्ष क्लबहरूसँग अंक दूरी छोट्याउने दाउमा छ ।

jackson ribon