birat ribon

हारपछि सहकर्मी खेलाडीसँग खनिए मेस्सी

Neuro
हारपछि सहकर्मी खेलाडीसँग खनिए मेस्सी

एजेन्सी, ५ असोज । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी ग्रानडाविरुद्धको खेलमा पराजित भएपछि आफ्ना सहकर्मीसँग रिसाएका छन् । शनिबार राति भएको खेलमा नवप्रवेशी क्लब ग्रानडासँग हारेपछि पत्रकारसँग कुरा गर्दा मेस्सी आफ्ना सकहर्मी खेलाडीसँग रिसाएको स्पेनिस मिडियाले जनाएका छन् ।

डिफेन्डिङ च्याम्पियन क्लबसमेत रहेको बार्सिलोना यो सिजनको दोस्रो हार ब्यहोरेको हो । शनिबार राति आफ्नो पाँचौँ खेल खेलेको बार्सिलोनाले ग्रानडासँग २–० गोलको हार ब्यहोइर्यो । उसले सन् १९९४–९५ को सिजनपछि पहिलोपटक ग्रानडाविरुद्ध हार ब्यहोरेको हो । ग्रानडाको घरेलु मैदानमा भएको सो खेलमा मेस्सी खेलको ४६औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

cura insider

उनले यो सिजनको पहिलो ला लिगाको खेल खेलेका हुन् । यसअघि उनी घाइते रही मैदान बाहिर थिए । तर, च्याम्पियन्स लिगको समूह चरणको खेलबाट मात्र मैदान फर्किएका उनले यो सिजनको ला लिगाअन्तर्गत पहिलो खेल खेलेका हुन् । उनी हिजोको खेलमा कार्लेस पेरेसको सट्टामा मैदान प्रवेश गर्दा पनि बार्सिलोनाले हार टार्न सकेन ।

स्पेनिस मिडिया ‘पेर कोपे’को रिपोर्टअनुसार यस खेलपछि मेस्सी आफ्ना टिममेटसँग रिसाएका छन् । उनले भनेका छन्, ‘यो हुनै सक्दैन । मेरा टिममेटले अझै धेरै नै ध्यान दिनुपर्ने अवस्था आएको छ । तिमीहरूले अझै धेरै फोकस गर्नुपर्ने देखिएको छ ।’

उपाधि दाबेदारसमेत मानिएको डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोनाले नवप्रवशेशी क्लब ग्रानडाविरुद्ध हार ब्यहोरेपछि प्रशिक्षक अर्नेस्टो भाल्भेर्डे पनि निरासिएका छन् । स्टार खेलाडीहरू लियोनल मेस्सी, लुइस स्वारेज, एन्टोइन ग्रिजम्यान, अन्सु फातिलगायत हुँदा पनि ऊ अवे मैदानमा स्तब्ध बनेको थियो ।

jackson ribon