fbpx

प्रदेशसभामा नाराबाजी, कांग्रेसद्वारा रोष्टम घेराउ

विराटनगर, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभाको आज आइतबारको बैठकमा नाराबाजी । मनमोहन प्राविधिक विश्वविद्यालय बिधेकवारेको बिषयत समितको प्रतिबेदन बैठकमा प्रस्तुत हुन नदिन कांग्रेसले प्रदेशसभाको आइतबारको बैठकमा नाराबाजी गदै रोष्टम घेराउ गरेको हो ।

कांग्रेसले रोष्टम घेराउ गरी मनमोहन विधेयक फिर्ता गर्न माग गरेको छ । आइतबारको बैठमा मुख्य प्रतिपक्षी दल काँग्रेसले नारावाजी गरेर रोष्टम घेराउ गरेपछि सभामुख प्रदिपकुमार भण्डारीले मार्सल लगाएर मनमोहन बिधेयकमा दफावार छलफलको समाजिक बिकास समितिको प्रतिबेदन प्रस्तुत गराएका थिए । काँग्रेसको नारावाजी बिच नै समाजिक बिकास समिति सभापती सरिता थापाले दफावार छलफलको प्रतिबेदन प्रस्तुत गरेकी थिइन । काँग्रेसको नारावाजी बिच नै प्रतिबेदन प्रस्तुत भएपछि सभामुख भण्डारीले बोलाउँदै आइतवारको बैठक अन्त गरेका थिए ।

यसअघि प्रदेश १ को मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक फिर्ता गर्न माग गर्दै गत मंगलबार र , पनि सदन अवरुद्ध गरेको थियो । मंगलबार, बुधबार प्रदेशसभाको बैठकको सुरुमै उभिएर भद्र अवज्ञा गर्दै मुख्य प्रतिपक्षी दल कांग्रेसले मंगलबारको सदन अवरुद्ध गरेको थियो ।त्यसपछि सभामुख भण्डारीले ५ असोज सम्मकालागि संसद बैठक स्थगित गराएका थिए । संसदको अर्को बैठक १ बजे सोमवार बस्दैछ ।

Loading...