birat ribon

बस दुर्घटनामा परी २६ जनाको मृत्यु, १२ घाइते

Neuro
बस दुर्घटनामा परी २६ जनाको मृत्यु, १२ घाइते

पाकिस्तान, ५ असोज । पाकिस्तानमा बस दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ भने १२ घाइते भएका छन् । पाकिस्तानको बबुसार टप नजिकै आइतबार बिहान भएको यात्रुबाहक बस दुर्घटनाका कारण दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको हो ।

स्थानीय प्रहरीका अनुसार मृत्यु भएका र घाइते भएकामध्ये अधिकांश बालबालिका र महिला रहेका छन् । स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेका बेला बस दुर्घटना भएको हो । घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन् ।

cura insider

घटनाका बारेमा अनुसन्धान प्रक्रिया सुरु भइसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ । रासस

jackson ribon