birat ribon

ला लिगामा आज पाँच खेल हुँदै, शीर्ष स्थानको होडमा सेभिल्ला र रियल मड्रिड

Neuro
ला लिगामा आज पाँच खेल हुँदै, शीर्ष स्थानको होडमा सेभिल्ला र रियल मड्रिड

विराटनगर, ५ असोज । स्पेनिस ला लिगामा आज पाँच खेलहरू हुँदैछन् । जारी लिगको पाँचौं साताअन्तर्गतको अन्तिम दिन आज १० टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आजको पहिलो खेलमा गेटाफे र आरसीडी मल्लोर्काले खेल्नेछन् । गेटाफेको मैदानमा हुने यस खेल दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ । यस्तै आजको दोस्रो खेलमा स्पान्योल र रियल सोसिडाडले खेल्नेछन् । स्पान्योलको घरेलु मैदानमा हुने यस खेल साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।

cura insider

यसैगरी साँझ ७ः४५ बजे आजको तेस्रो खेल हुँदैछ, जहाँ भ्यालेन्सिया र लेगानेसले खेल्नेछन् । यो खेल भने भ्यालेन्सियाको मैदानमा हुनेछ । आजको चौथो खेलमा भने एथ्लेटिक बिल्बाओ र अलाभेसे खेल्नेछन् । राति १०ः१५ बजेबाट सुरु हुने उक्त खेल भने बिल्बाओको मैदानमा हुनेछ ।

यसैगरी आजको अन्तिम तथा पाँचौं खेल भने रोमाञ्चक हुने अपेक्षा गरिएको छ । राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेलमा लिगको दाबेदार टोली रियल मड्रिडले सेभिल्लासँग खेल्नेछ । यो खेल भने सेभिल्लाको मैदानमा हुनेछ ।

आजको खेलमा यी दुवै टोली शीर्ष स्थानको होडमा छन् । जारी लिगमा सेभिल्ला अंक तालिकाको दोस्रो स्थानमा छ भने रियल पाँचौं स्थानमा छ । सेभिल्लासँग १० अंक छ भने रियलसँग ८ अंक छ । यता, लिगको शीर्ष स्थानमा रहेको ग्रानडासँग १० अंक छ । आजको खेलमा सेभिल्ला र एथ्लेटिकोमध्ये जसले जित्नेछ, ऊ शीर्ष स्थानमा चढ्नेछ ।

रियलले जितेमा ११ अंकसहित शीर्ष स्थान बनाउने छ भने सेभिल्लाले जितेमा १३ अंकसहित शीर्ष स्थान बनाउनेछ । लिगको तेस्रोमा एथ्लेटिको मड्रिड तथा चौथोमा भिल्लारियल रहेको छ । साबिकको विजेता बार्सिलोना भने अंक तालिकाको सातौं स्थानमा छ ।

jackson ribon