birat ribon

गर्मीमा अनुहारको ख्याल गर्ने कसरी ?

Neuro
गर्मीमा अनुहारको ख्याल गर्ने कसरी ?

विराटनगर, ५ असोज । गर्मीमा अनुहारको विशेष ख्याल राख्नु पर्छ । गर्मीमा पसिना धेरै आउने भएको कारणले अनुहारको रौँ छिद्र खुल्ने गर्छ । रौँ छिद्रहरू खुल्दा शरीरका विभिन्न विषाक्तहरू पसिनाको मध्यमबाट निस्किए पनि वातावरणको फोहोर अनुहारमा जम्ने सम्भावना बढी हुने भएकाले गर्मी मौसममा अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ ।

हरेक दिन सुन्दर देखिनका लागि मेकअपसमेत गर्ने गरिन्छ । तर, गर्मीको मौसममा पसिना धेर आउने भएकोले मेकअपलाई बगाएर लाग्ने हुँदा कुरुप र अनुहारलाई चिल्लो बनाइरहेको हुन्छ । अनुहारलाई राम्रोसँग फेसवास र सफा पानीले दिनको दुईपटक धुने गर्नुपर्छ । पसिना धेरै आएको खण्डमा अनुहारलाई ३ देखि ४ पटकसम्म पानीले मात्र धुन सकिन्छ । धेरै पटक अनुहार धुने गर्दा छालाले उत्पन्न गर्ने तेलसमेत पखालिन गइ अनुहार सुक्खा र फुस्रो हुने गर्छ ।

cura insider

अनुहारलाई सफा रुमालले बिस्तारै पुछ्ने र छाला सुख्खा नहोस् भन्नका लागि टोनर र मोइस्चराइजिङ क्रिमको प्रयोग गर्नु पर्छ । अनुहारलाई रगडेर पुछ्ने गर्नु हुँदैन । सन्सक्रिमको प्रयोग अनिवार्य रूपले गर्नुपर्छ । अनुहार राम्रो राख्नका लागि अनुहारको प्रकृतिअनुसारको डे र नाइट क्रिमको प्रयोग गर्नुपर्दछ ।

अनुहारको रौँ छिद्रमा फोहर जम्मा हुने हुनाले बेलाबेलामा क्लिन्जिङ र फेसियल गरिहनुपर्छ । गर्मीमा पसिना कम ल्याउनुका लागि हामी धेरै पाउडरको प्रयोग गर्ने गर्छौं । तर, हामीले गर्मीमा धेरै पाउडरको प्रयोग गर्नु भने हुँदैन । हामीले पाउडर सकेसम्म कम लगाउनु हाम्रो अनुहारको लागि उचित हुन्छ । धेरै पाउडरको प्रयोगले हाम्रो अनुहारका रौँ छिद्रहरू टालिन सक्छ, र हाम्रो अनुहारमा डण्डीफोर तथा विभिन्न प्रकारको दाग, चाया तथा पोतोसमेत आउन सक्छ ।

अनुहारमा लगाउने सामग्री किन्दा आफ्नो अनुहारमा सुट गर्ने, गुणस्तर भएको राम्रो सामानहरू किनेर मात्र प्रयोग गर्नुपर्छ । यदि, बजारमा पाइने सामग्रीहरूले अनुहारलाई सुट नगरेको खण्डमा घरमै अनुहारलाई सफा राख्ने उपायहरू अपनाउन सकिन्छ । दहिले, बेसनले, गहुको पिठो, चामलको पिठोले क्लिन्जङको काम गर्छ । काँक्रो, मेवाको लेप, चन्दनको पाउडर, मुलतानी मिट्टीलगायतका फेस प्याक बनाएर अनुहारमा प्रयोग गर्दा लाभदायी हुन्छ ।

अनुहारमा चाउरिपना भए केरा, एलोभेरालाई अनुहारमा लगाएर १० देखि १५ मिनेटसम्म प्याक बनाएर लगाउँदा चाउरिपना कन्ट्रोल हुन्छ । अनुहारमा ससाना दाग भए बेसार, कागतिको रस, दूधको तर, आलूको पेस्ट, टमाटरको रस, महलाई अनुहारमा लगाउन सकिन्छ । जौँको पिठोलाई स्क्रबको रूपमा पनि प्रयोग गर्न सकिन्छ । नाक वरिपरि धेरै ब्ल्याक हेड्स भए टुथपेस्टको पनि प्रयोग गर्न सकिन्छ ।

आँखाको वरपरको कालो दाग हटाउन आलु, काक्रो, गुलाब जललाई कपासमा राखेर आँखा बन्द गरेर केही समय राख्दा पनि शितलता प्रदान गर्नुको साथै दाग पनि बिस्तारै हराउँदै जान्छ । जहिले सुत्नुअगाडी अनुहार धोएर, मेकअप लगाएको छ भने हटाएर मात्र सुत्नु पर्छ । प्रशस्त मात्रामा पानी, मौसमअनुसारको फलफुल, सागसब्जी खानुका साथै जंक फूडलाई त्याग गरेमा अनुहारलाई स्वास्थ्य राख्न सकिन्छ ।

jackson ribon