birat ribon

‘मेस्सीले मात्र बार्सिलोनाको समस्या समाधान गर्न सक्दैनन्’

Neuro
‘मेस्सीले मात्र बार्सिलोनाको समस्या समाधान गर्न सक्दैनन्’

एजेन्सी, ५ असोज । स्पेनिस क्लब ग्रानडाका पूर्वप्रशिक्षक लुकास अल्कारेजले बार्सिलोनाका कप्तान लियोनल मेस्सीले मात्र क्लबको समस्या समाधान गर्न नसक्ने बताएका छन् । ४ वर्ष ग्रानडालाई प्रशिक्षण दिइसकेका उनले रेडियो मार्कासँगको कुराकानीमा यस्तो बताएका हुन् ।

स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोना यो सिजनको दोस्रो हार ब्यहोर्यो । शनिबार राति आफ्नो पाँचौँ खेल खेलेको बार्सिलोनाले ग्रानडासँग २–० गोलको हार ब्यहोरेको हो । बार्सिलोनाले सन् १९९४–९५ को सिजनपछि पहिलोपटक ग्रानडाविरुद्ध हार ब्यहोरेको हो । ग्रानडाको घरेलु मैदानमा स्टार खेलाडीहरू लियोनल मेस्सी, लुइस स्वारेज, एन्टोइन ग्रिजम्यान, अन्सु फातिलगायत हुँदा पनि बार्सिलोना स्तब्ध बन्न पुगेको थियो ।

cura insider

सो खेलमा कप्तान मेस्सी खेलको ४६औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनले यो सिजनको पहिलो ला लिगाको खेल खेलेका हुन् । यसअघि उनी घाइते रही मैदान बाहिर थिए । तर, च्याम्पियन्स लिगको समूह चरणको खेलबाट मात्र मैदान फर्किएका उनले यो सिजनको ला लिगाअन्तर्गत पहिलो खेल खेलेका हुन् । उनी हिजोको खेलमा कार्लेस पेरेसको सट्टामा मैदान प्रवेश गर्दा पनि बार्सिलोनाले हार टार्न सकेन ।

dgf

बार्सिलोना र ग्रानडाबीचको यो खेलपछि बोल्दै अल्कारेजले मेस्सीले मात्र बार्सिलोनाको समस्या समाधान गर्न नसक्ने बताएका हुन् । सन् १९९५–१९९८ र २०१३ देखि २०१४ सम्म ग्रानडालाई प्रशिक्षण दिएका उनले स्पेपिन ‘रेडियो मार्का’सँगको कुराकानीमा भनेका छन्, ‘मेस्सी हालै मात्र पूर्ण रूपमा फिट भएर मैदान प्रवेश गरेका छन् । तर, बार्सिलोनासँग भएका समस्याको समाधान उनीबाट मात्र पर्याप्त छैन । उनले मात्र बार्सिलोनाको समस्या समाधान गर्न सक्दैनन् ।’

‘मेस्सी हुँदा पनि च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाले बोरुसिया डर्टमण्डसँगको खेलमा राम्रो नतिजा ल्याउन सकेन’, उनले थपे, ‘यद्यपि, त्यो खेल कठिन थियो । तर, ग्रानडाविरुद्धको खेलमा बार्सिलोनासँग समस्या देखियो जुन मेस्सीले मात्र समाधान गर्न सक्दैनन् ।’

बार्सिलोनाले ४ अवे खेलमा राम्रो नतिजा निकाल्न सकेको छैन । उसले २ वटा घरेलु खेलमा मात्र राम्रो नतिजा निकालेको छ । ऊ एथ्लेटिको बिल्बाओ र ग्रानडासँग अवे खेलमा पराजित भएको छ भने डर्टमुण्ड र ओसासुनासँग बराबरी खेलेको छ । तर, उसले घरेलु मैदानमा भएको भ्यालेन्सिया र रियल बेटिसविरुद्धको खेलमा भने फराकिलो जित निकालेको छ ।

jackson ribon