fbpx

नेपाल र भुटान भिड्दै

काठमाडौं ५ असोज । यू–१८ साफ च्याम्पियनसिप फुटबलमा आइतबार (आज) नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानको सामना गर्दै छ ।
सेमीफाइनलमा पुग्ने लक्ष्य सहित भुटान विरुद्ध हलचोकस्थित एपीएफको खेल मैदानमा उत्रिने छ । दिउँसो तीन बजे सुरु हुने खेलमा भुटानमाथि जित हात पारे नेपाल सेमिफाइनलमा पुग्नेछ । भुटानसँग बराबरीमा रोकिएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने रहन्छ ।

नेपालले उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्यो । सोही कारणपनि नेपाल भुटानविरुद्ध भने नेपाल जितको दाउमा छ ।
यो संस्करणको उपाधि जितेमा नेपालले ह्याट्रिक मनाउने छ ।, यसअघि सन् २०१५ र २०१७ मा भएको यू–१८ साफ च्याम्पियनसिपको उपाधि नेपालले उचालेको थियो ।

Loading...