fbpx

दशैँको लागि टिकट खुला

काठमाण्डौ ५ असोज । दशैँमा काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुका लागि गाडीको टिकट बुकिङ आइतबार (आज)देखि खुला भएको छ ।

१० बजेपछि टिकट बुकिङ खुल्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चावहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, भक्तपुरको जगातीलगायत ठाउँबाट अग्रिम टिकट बुकिङ गर्नसक्ने उनले जानकारी दिए ।

दशैँका बेला २० देखि २२ लाख यात्रुले काठमाण्डौ छोड्ने अनुमान गरिएको छ । टिकटमा अनियमतिता हुन सक्ने आशंकामा विभागले अनुगमन टोली खटाउने र सादा पोशाकमा प्रहरी परिचालन गरिने हमालले बताए । दशैँमा घर फर्किने यात्रु लक्षित गर्दै केही दिनमै काठमाण्डौका १४ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गर्ने पनि तयारी भइरहेको छ ।

Loading...