birat ribon

बुढासुब्बा गोल्डकप मंसिरमा

Neuro
बुढासुब्बा गोल्डकप मंसिरमा

धरान ५ असोज । पूर्वको प्रतिष्ठित धरानमा हुने बुढासुब्बा गोल्डकपको २२ औँ संस्करण मंसिरमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले जारी गरेको नियम अनुसार बुढासुब्बा गोल्डकप मंसिरको तेश्रो साताबाट शुरु हुने भएको हो ।

एन्फाको सेड्युल अनुसार आयोजक धरान फुटबल क्लबको बैठकले मंसिर १९ गतेदेखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ । धरान रंगाशालमा हुने प्रतियोगिताकोलागि विभिन्न उपसमिति गठन गरिसकिएको क्लबका महासचिव प्रताप तामाङले बताए । २२ औँ संस्करणमा पुरस्कारको राशी पनि बढाइने छ ।

cura insider

प्रतियोगिता तयारीकोलागि आज (आइतबार) बाट सचिवालयले काम शुरु गर्ने आयोजकले जनाएको छ ।

jackson ribon