birat ribon

क्यानसर रोक्न सहयोग गर्ने सोयाविनका छन् अनेकौं फाइदाहरू

Neuro
क्यानसर रोक्न सहयोग गर्ने सोयाविनका छन् अनेकौं फाइदाहरू

विराटनगर, ५ असोज । शरीरलाई प्रोटिनको धेरै नै आवश्यकता पर्छ । मासु खानेहरूका लागि मासुले नै शरीरलाई चाहिने आवश्यक प्रोटिन प्रदान गरिरहेको हुन्छ । तर, मासु नखानेहरूका लागि शरीरमा प्रोटिनको आवश्यकता पूरा गर्नका लागि सोयाविनको सेवन गर्न सकिन्छ । सोयाविन एउटा शाकाहारी भोजन हो जसमा मासुहरूमा भन्दा पनि धेरै प्रोटिन र पोषक तत्त्वहरू पाइन्छ ।

सोयाविनलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ । सोयाविनमा भिटामिन ‘बी’ कम्प्लेक्स र भिटामिन ‘ई’, ओमेजा–६, ओमेगा–३, फाइबर जस्ता शरीरलाई चाहिने तत्त्वहरू पाइन्छ । सोयाविनमा दूध, अण्डा, मासु, माछाभन्दा बढी प्रोटिन हुन्छ । सोयाविनको नियमित प्रयोगले दिमाग, मुटु, नङ, कपाल तथा हड्डीलाई बलियो बनाउनुका साथै अस्टियोपोरोसिस रोगको खतरा पनि कम भएर जान्छ ।

cura insider

शरीरको रगतलाई सफा गर्नुका साथै रक्तचापलाई नियन्त्रणमा समेत राख्छ । यसले उच्च रक्तचापको समस्यालाई समेत समाधान गरी सुन्दरसमेत बनाउन मद्दत गर्छ । सोयाविन खानाले रगत सफा हुँदा अनुहारसम्बन्धी रोग लाग्न दिँदैन । सोयाविन खाने मानिसहरूको छाला चाउरी पर्दैन र उनीहरू छिटो बुढो पनि हुँदैनन् ।

साथै छालालाई नरम र चम्किलो बनाउनुका साथै कपाललाई लामो र सिल्की राख्न मद्दत गर्छ । बिरामीहरूले समेत यसको प्रयोग गर्दा राहत मिल्छ । शरीर निर्माणमा अमिनो एसिड प्रदान गरी शरीरमा उर्जा प्रदान गर्ने काम गर्छ । सोयाविनमा कोलस्ट्रोलको कमी भएका कारण मुटुको लागि खानु राम्रो हुन्छ र मुटुका रोगीहरूका लागि फाइदाजनक हुन्छ ।

सोयाविनमा प्रशस्त फाइबर पाइने हुँदा पेटको लागि लाभदायिक हुन्छ । यसले पाचन प्रक्रियालाई सक्रिय गरेर खानालाई राम्ररी पचाउन मद्दत गरि अपच, कब्जियत, ग्यास्ट्रिक, अल्सर तथा क्यान्सर हुन दिँदैन । सोयाविनमा भरपुर क्यानसर प्रतिरोधक क्षमता पाइन्छ ।

यसको नियमित सेवनले स्तन र प्रोस्टेट क्यानसरलाई धेरै हदसम्म रोक्ने सहयोग पुर्याउछ । आधा कप रोस्टेड सोयाविन ८ हप्तासम्म लगातार खाने हो भने एनीमियाबाट बच्न र ब्लड क्यानसर कन्ट्रोल गर्छ । सोयाबिन खानाले स्मरण शक्ति बढाउनुका साथै तनाव र चिडचिडापन हटाएर मनलाई शान्त बनाउँछ । जसकारण सोयाविनको सेवनले डिप्रेशन कम गर्छ ।

jackson ribon