birat ribon

ला लिगा : आफ्नै मैदानमा सेल्टाभिगोसँग बराबरीमा रोकियो एथ्लेटिको

Neuro
ला लिगा : आफ्नै मैदानमा सेल्टाभिगोसँग बराबरीमा रोकियो एथ्लेटिको

विराटनगर, ५ असोज । स्पेनिस ला लिगामा साबिकको उपविजेता एथ्लटिको मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको सेल्टाभिगोसँग गोलरहित बराबरीमा रोकिएको हो ।

ag

cura insider

एथ्लेटिकोकै घरेलु मैदानमा भएको उक्त खेलमा गोलरहित बराबरी भएसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । तेस्रो स्थानको टोली एथ्लेटिकोसँग १० अंक छ भने १४औं स्थानमा रहेको सेल्टा भिगोसँग ५ अंक छ ।

लिगको शीर्ष स्थानमा ग्रानडा छ भने दोस्रो स्थानमा सेभिल्ला छ तथा चौथोमा भिल्लारियल र पाँचौ स्थानमा रियल मड्रिड छ । साबिकको विजेता बार्सिलोना भने सातौं स्थानमा छ ।

jackson ribon