birat ribon

बुन्डेसलिगा : बायर्नको शानदार जितमा लेवान्डोस्की र कौटिन्होको गोल

Neuro
बुन्डेसलिगा : बायर्नको शानदार जितमा लेवान्डोस्की र कौटिन्होको गोल

विराटनगर, ५ असोज । जर्मन बुन्डेस लिगामा साबिकको विजेता बायर्न म्यूनिखले शानदार जित निकालेको छ । शनिबार भएको आफ्नो पाँचौं खेलमा खेलमा बायर्नले एफसी कोल्नविरुद्ध ४–० गोलको जित निकालेको हो ।

aa

cura insider

आफ्नै घरेलु मैदानमा भएको उक्त खेलमा बायर्नलाई जिताउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने फिलिप्पे कौटिन्हो र इभान पेरिसिचले समान एक एक गोल गरे । घरेलु टोली बायर्नले खेलको तेस्रो मिनेटमा लेवान्डोस्कीको गोलमा अग्रता बनाएको थियो ।

उनको गोलमा पहिलो हाफमा १–० गोलको अग्रता बनाएको बायर्नले दोस्रो हाफमा ३ गोल गरेको हो । उसका लागि खेलको ४८औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गरे । खेलको ५९औं मिनेटमा पाहुना टोली १० खेलाडीमा सीमित बन्यो । उसका खेलाडी किंग्स्ले इहिन्जीबुईले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बायर्नयले त्यसको फाइदा उठायो ।

खेलको ६२औं मिनेटमा कौटिन्होले गोल गर्दै खेलमा बायर्नलाई ३–० गोलको अग्रता दिलाए । यसै सिजन बार्सिलोनाबाट लोनमा बायर्न आएका कौटिन्होले पेनाल्टीमार्फत् गोल गरेका थिए । यस्तै खेलको ७३औं मिनेटमा पेरिसिकले गोल गरेपछि बायर्नले सो खेल ४–० गोलले जितेको थियो ।

जितसँगै बायर्न लिगको दोस्रो स्थानमा उक्लिएको छ । वायर्नले ५ खेलबाट ११ अंक बनाएको छ । यता, पराजित कोल्नको ५ खेलबाट ३ अंक रहेको छ । लिगको शीर्ष स्थानमा आरबी लेइपिज रहेको छ । उसँग १३ अंक छ ।

jackson ribon