birat ribon

नवप्रवेशी ग्रानडाले मेस्सीसहितको बार्सिलोनालाई हरायो

Neuro
नवप्रवेशी ग्रानडाले मेस्सीसहितको बार्सिलोनालाई हरायो

विराटनगर, ५ असोज । स्पेनिस ला लिगामा साबिकको विजेता बार्सिलोनाले हार ब्यहोरेको छ । शनिबार राति आफ्नो पाँचौं खेल खेलेको बार्सिलोनाले नवप्रवशेशी क्लब ग्रानडाविरुद्ध २–० गोलको हार ब्यहोरेको हो ।

cura insider

ग्रानडाकै घरेलु मैदानमा भएको उक्त खेलमा बार्सिलोनालाई हराउन रामोन अजीज र अल्भारो भाडिलोले समान एक–एक गोल गरे । घरेलु टोलीले खेलको दोस्रो मिनेटमा सुरुआती अग्रता बनाएको थियो । उसका लागि अजीजले गोल गर्दै पाहुना टोलीविरुद्ध अग्रता बनाए । उनको गोलमा घरेलु टोलीले पहिला हाफभरि १–० गोलको अग्रता बनायो ।

खेलको ६६औं मिनेटमा घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो । जसमा, भाडिलोले गोल गर्दै टोलीलाई २–० गोलले अग्रता बनाए । बाँकी समय गोल हुन नसकेपछि ग्रानडाले २–० गोलको जित निकालेको हो ।

यस जितसँगै ग्रानडा लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले ५ खेलबाट १० अंक बनाउँदै शीर्ष स्थान बनाएको हो । यता, पराजित टोली बार्सिलोना भने सातौं स्थानमा छ । समान ५ खेलबाट बार्सिलोनासँग ७ अंक छ । लिगको दोस्रो स्थानमा सेभिल्ला छ भने तेस्रोमा एथ्लेटिको, चौथोमा भिल्लारियल र पाँचौ स्थानमा रियल मड्रिड छ ।

jackson ribon