birat ribon

म्यान्चेष्टर सिटीको सानदार जित

Neuro
म्यान्चेष्टर सिटीको सानदार जित

विराटनगर ४ असोज । इंलिस प्रिमियर लिगको सनिवार बेलुकी सम्पन्न खेलमा म्यानचेष्टर सिटीसँग वाट्फोर्डले लज्जास्पद हार व्योहेरेको छ । खेलमा म्यान्चेष्टरले ८ गोलको फराकिलो जित दर्ता गरायो ।

सिटीले वाट्फोर्डलाई ८- ० गोल अन्तरले हराउँदा बेर्नार्डो सिल्भाले ह्याट्रिक गरे । यस्तै डेभिड सिल्भा, सर्जियो अग्युरो, रियाद महरेज, निकोलस ओटामेन्डी र केभिन डी ब्रुएनले समेत १ – १ गोल गरे ।

cura insider

जितसँगै सिटीले लिग अंक तलिकाको अग्रस्थानमा रहेको लिभरपुलसँगको दुरी घटाएको छ । वाटफोर्ड अंक तालिकाको पुछारमा छ । २० औँ स्थानमा रहेको वाटफोर्डको ६ वटा खेल खेल्दा २ अंक रहेको छ ।

jackson ribon