birat ribon

रात्रिक्लवमा गोली चल्दा २ जनाको ज्यान गयो, ९ जना घाइते

Neuro
रात्रिक्लवमा गोली चल्दा २ जनाको ज्यान गयो, ९ जना घाइते

वासिङ्टन ४ असोज । अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार राति गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार रातको २ बजे साउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५ सय २१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको हो ।

प्रारम्भिक जानकारी अनुसार घटनामा अन्य नौ जना घाइते भएका छन् । अमेरिकी सुरक्षा अधिकारीहरूले घाइतेमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई हेलिकोप्टरमार्फत नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको बताए । क्लबभित्र र क्लब परिसर बाहिरसमेत गोली चलेको प्रहरीले जनाएको छ । समाचार तयार पार्दासम्म घटनामा सम्लग्न कसैलाई प्रहरीले पक्राउ गरेको छैन् ।

cura insider
jackson ribon