birat ribon

आयोजकलाई हराउँदै धरान सेमिफाइनलमा

Neuro
आयोजकलाई हराउँदै धरान सेमिफाइनलमा

लक्ष्मीमार्ग ४ असोज । धरान फुटबल क्लब मोरङको लक्ष्मीमार्गमा शुरु भएको तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
शनिबार भएको उद्घाटन खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई ४–३ गोल अन्तरले पछि पार्दै धरान अन्तिम चारमा पुगेको हो । प्रतिष्पर्धात्मक खेलमा निर्धारित समय गोल रहित बराबरी भएपछि खेल टाईब्रेकरमा घकेलिएको थियो । टाईब्रेकरमा धरानका बर्तमान राई, बुद्ध चेम्जोङ, मनोज राई र विष्णु सुनारले गोल गरे । मनिष गुरुङको प्रहार पोलमा लागेर फर्कियो ।
आयोजकका साइमन राई, विक्रम लिम्बू र अनुज मगरको प्रहार मात्रै गोलमा परिणत भयो । सुनिल खड्काको प्रहार धरानका गोलरक्षक लक्की कार्कीले रोकिदिए । मिलन राईको प्रहार पोलमा लागेर फर्कियो ।  खेलको म्यान अफ दी म्याच धरानका गोलरक्षक लक्की कार्की घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ पाए । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा सुरु प्रतियोगिता असोज १० गतेसम्म सञ्चालन हुने छ ।
आठवटा टिम सहभागी रहेको प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरे । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख र द्धितिय हुने टिमले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । आइतबार (भोली) झापा–११ र एपीएफ क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।

cura insider
jackson ribon