birat ribon

संयुक्त राष्ट्र संघका महासचिवले गरे चीनको प्रसंशा

Neuro
संयुक्त राष्ट्र संघका महासचिवले गरे चीनको प्रसंशा

बेइजिङ ४ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले संयुक्त राष्ट्र संघका काममा अभिन्न अङ्ग बन्दै आएकोमा चीनको प्रसंशा गरेका छन् । चीनले बहुपक्षीयतावादको खम्बा रहेर विश्व समुदायबीच मुख्य भूमिका निर्वाह गरिरहेको उनको भनाई छ ।

चीनको सत्तरीऔं वार्षिकोत्सव राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै उनले पठाएको सन्देशमा यस्तो उल्लेख गरेका हुन् । चीन र संयुक्त राष्ट्र संघले सधैं झैँ हाल पनि विश्वव्यापी विभिन्न समस्याको सामना गर्दै आएको उनको बधाई सन्देशमा छ । दिगो विकास लक्ष्यको व्यवहारिक कार्यान्वयनमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनले संयुक्त राष्ट्र संघले दिगो विकासलाई अघि बढाउन चीनले प्रदान गरेको राजनैतिक र वित्तीय समर्थनप्रति धन्यवाद ज्ञापन गरे ।

cura insider

संयुक्त राष्ट्र संघले शान्ति र सुरक्षा, मानव अधिकार तथा विकास क्षेत्रमा रहेका चुनौतीको सामना गर्ने क्रममा चीनले दिएको दृढ समर्थनप्रति पनि धन्यवाद दिदै उनले चीनले अझ विशाल उपलब्धी हासिल गरोस् भन्ने शुभकामना दिए ।

jackson ribon