fbpx

नेकपा विराटनगर अध्यक्षमा थापा

विराटनगर ४ असोज । नेकपा विराटनगर महानगरको नेतृत्वको टुंगो लागेको छ । नेकपा विराटनगरको अध्यक्षमा पूर्व एमालेका सागर थापा अध्यक्ष र पूर्व माओवादीका हेम कार्कीले सचिवको जिम्मेवारी पाएका छन् ।

लामो रस्साकस्सी पछि विराटनगर महानगरमा नेकपाले नेतृत्व चयन गरेको हो । नेकपाको केन्द्रीय सचिवालय बैठकले विराटनगरको नेतृत्वका विषयमा टुंगो लगाएको हो । मोरङका सबै स्थानीय तहमा नेतृत्व टुंगो लागेपनि विराटनगरको नेतृत्व चयन हुन सकेको थिएन् ।

शनिबार बसेको नेकपाको सचिवालय बैठकले अध्यक्षमा थापा र सचिवमा कार्कीलाई जिम्मेवारी दिएको हो । जिल्ला तह सरहको मान्यता दिएको कारण महानगरको नेतृत्वको छिनोफानो समेत नेकपाको केन्द्रीय सचिवालयले नै गरेको हो ।

Loading...