fbpx

गौतमबुद्ध विमानस्थल संचालनको लागि म्युनिखको प्रस्तावमा सरकार सकरात्मक

काठमाडौं ४ असोज । गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख विमानस्थललाई दिने सरकारले तयारी शुरु गरेको छ । भैरहवामा निर्माणाधिन विमानस्थलको जिटूजी मोडलमा संचालन गर्ने निर्णय गरेको सरकारले म्युनिख विमानस्थलले ल्याएको प्रस्तावमा छलफल गरिरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार संचारकर्मीसँगको छलफलमा म्युनिखले ठोस प्रस्ताव ल्याएको भन्दै प्रस्तावप्रति सरकार सकरात्मक रहेको बताए । उनले म्युनिखको प्रस्तावमा सहमती नजिक पुगेको भन्दै छलफल भइरहेको र छिट्टै निश्कर्षमा पुगिने जानकारी दिए ।

गौतम बुद्ध विमानस्थल डिसेम्बरसम्ममा निर्माण सम्पन्न गरि संचालनको प्रकृया शुरु हुने उनले बताए । विमानस्थलमा उडानका लागि वायुसेवा कम्पनीलाई आकषिर्त गर्न छिट्टै प्याकेज सार्वजनिक गरिने उनको भनाई छ ।

Loading...