fbpx

सडक निर्माण नहुँदा दुर्घटना बढ्यो

सोलुखुम्बु ४ असोज । सोलुदुधकुण्ड नगरपालिकाको सल्लेरी बजार क्षेत्रमा सडक निर्माणको काम अलपत्र छोडेपछि यात्रा जोखमपुर्ण भएको छ । ठेकेदार कम्पनीले समयमा निर्माण नगर्दा स्थानीयलाई आवतजावतमा समस्या भएको हो ।

सडक स्तरोउन्नतिको क्रममा खनिएका खाल्डो तथा फलामका रडहहरु लामो समयसम्म लथालिङ्ग छोडिदा दुर्घटनाको त्रास बढेको छ । वर्षाको समयमा काम स्थगीत भएको थियो। २०७५ माघ ७ गते १८ महिनामा काम सक्ने गरि शुरु भएको सडक निर्माणको बजेट ६ करोड रुपैयाँ रहेको छ। जिरो प्वाइन्टदेखि सल्लेरी सम्मको एक किलोमिटर सडक निर्माण सकिने म्याद भएपनि नागरिकको समस्यालाई ध्यान नदिएको सर्वसाधारणको भनाई छ ।

सडक निर्माणको जिम्मा खानी ब्राइट र नेशनल जेभिले लिएका छन् । दैनिक जसो सानातिना घटना घटेपछि स्थानीय नागरिक आक्रोसीत छन्। वर्षाको कारण काममा ढिलाइ ठेकेदार कम्पनी यस बिषयमा प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले काम गर्नेक्रममा केही लापार्वाही गरेको बताए । बर्षाको कारण यस अघि लगाईएको पर्खाल समेत भत्कन थालिसकेको छ। त्यसैले यस सडकमा जोखीम मात्रै नभएर बेला(बेलामा घटना समेत घटिसकेको स्थानीयको भनाई छ।

Loading...