fbpx

मोरङको कटहरीमा पनि हातेमालोको शाखा

बिराटनगर , ४ असोज । यूवाहरुलाई सहभागी गराएर सामाजिक काम गर्दै आईरहेको परिवर्तनका लागि हातेमालो सँस्थालेृ शाखा बिस्तार गरेको छ । दुई वर्षदेखि बिराटनगरलाई मुख्य केन्द्र बनायर समाजिक काममा सक्रृय हुदै आएको कटहहरी गाउपालिका पनि आफनो शाखा बिस्तार गरेको हो ।

शाखाको शनिवार प्रदेश सांसद बिजयकुमार बिश्वासले उदघाटन गरे । कार्यक्रममा कटहरी गाउपालिकाका प्रमुख रामकुमार कामत, , समाजसेबि मृतुन्जय झा , सहित अभियान्ता तथा स्थानियको बाक्लो उपस्थिति थियो । संसाद बिश्वासले समाज परिवर्तनमा हातेमालो भुमिका उदारणिय रहेको बताए । उनले यूवाहरुलाई समाजसेवामा लाग्दा बिकृती बिसंगति अन्त गर्न सहयोग पुग्ने बताए । सांसद बिश्वसाले लागु पदार्थ दुव्र्यसनीमा फसेका यूवाहरु जोगाउने काम सह्रानिय हो भने । ्संस्था केन्द्रीय अधक्ष्य बिनोद परियारले परिवर्तनकालागि हातेमालो कुनै दल , धर्म , रंग विशेषको हैन सम्पुर्ण समाजप्रेमीहरुको भएको बताए । उनले परिवर्तनकालागि सम्पुर्णले हातेमालो गर्नुपर्नेमा जोड दिए । हातेमालोले प्रदेश १ भरि क्रमश क्रमश शाखा बिस्तार गदै जाने सुनाए ।
हातेमालो कटहरी शाखाले गत ३ हप्ता देखि सरसफाई लगायत जनचेतनाका निम्ति बिभिन्न सांकेतिक भित्ते चित्र हरु बनाउदै आइरहेको कटहरि शाखा अधक्ष्य संजित साहले जानकारी दिए ।

Loading...