birat ribon

पहिरोले पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध

Neuro
पहिरोले पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध

खोटाङ ४ असोज । वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरोध भएको छ । कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको पहिराले सात वटा पोल ढालेपछि दुई जिल्लामा विद्युत् सेवा अवरोध भएको हो ।

दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको विद्युत् पोलमा पहिराले क्षति गर्दा शुक्रबार बिहानदेखि दुवै जिल्लामा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्राविधिक प्रमुख उमेश महतोले जानकारी दिए । विद्युत सेवा पुन सुचारु गराउन प्राविधिकको टोली खटिएका छन् ।
हप्ता दिनसम्म परेको भारी वर्षापछि गएको सुक्खा पहिराका कारण अवरुद्ध विद्युत् कहिले सञ्चालनमा आउने भन्नबारेमा प्राधिकरणसमेत बेखबर छ । दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा खोटाङको २ नगरपालिका र ८ गाउँपालिका तथा ओखलढुङ्गाको १ नगरपालिका र ७ गाउँपालिकाका हजारौँ उपभोक्ता मारमा परेका छन् ।

cura insider

विद्युत् अवरुद्ध भएपछि विद्युतीय उपकरण, सञ्चार माध्यम, व्यापार÷व्यवसाय तथा बैंक तथा वित्तीय करोवार प्रभावित भएको छ । दुई वर्षअघि कालोपत्रको काम थालिएको दिक्तेल–गाईघाट सडक फराकिलो पार्नेक्रममा विद्युत् पोलको जग खोलिएकाले पहिरो गएको स्थानीयले बताए ।
पटकपटक अवरुद्ध भइरहने विद्युत् मर्मत गर्ने क्रममा विद्युत् प्राधिकरण खोटाङमा कार्यरत दुई जना कर्मचारीको मृत्यु भइसकेको छ भने एक जना अङ्गभङ्ग भएका छन् ।

jackson ribon