birat ribon

बुर्ज खलिफामा नेपालको झण्डा

Neuro
बुर्ज खलिफामा नेपालको झण्डा

विराटनगर ४ असोज । यूएईमा रहेको विश्वकै सबै भन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा फहराइएको छ ।

नेपालको संविधान दिवसको अवसरमा बुर्ज खलिफामा झण्डा शुक्रबार राती ९ बजेर १० मिनेटमा नेपालको झण्डा फहराएको हो । विश्वका विभिन्न देशहरुको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको अवसरका विश्वकै अग्लो भवन बुर्ज खलिफामा सम्बन्धित देशको झण्डा फहराउने चलन अनुसार यस्तो गरिएको हो ।

cura insider

नेपालको झण्डा सो भवनमा पहिलो पटक पहराइएको छ । सार्वजनिक विदाको दिन भएको कारण पनि नेपालको झण्डा फहराएको हेर्न यूएईमा रहेका धेरै नेपाली भेला भएका थिए । बुर्ज खलिफामा नेपालको झण्डा डिस्प्ले हुँदा भेला भएका नेपालीहरुले ताली बजाएर स्वागत गरे । पूर्व घोषित कार्यक्रम अनुसार झण्डा फहराइएको कारण त्यहाँ नेपालीसँगै अन्य देशका नागरिक समेत भेला भएका थिए ।

jackson ribon