fbpx

सर्वेक्षण भन्छ मेस्सी भन्दा रोनाल्डो प्रशंसनीय

विराटनगर ४ असोज । यूगभले गरेको पोलको नतिजा अनुसार ४२ हजार जना उत्कृष्ट प्रशंसनीय व्यक्तिको सुचीमा क्रिष्टियानो रोनाल्डो ७ औँ स्थानमा रहेका छन् । उनलाई पच्छाउँदै लियोनेल मेस्सी भने ९ औँ स्थानमा रहेका छन् ।

रोनाल्डो र मेस्सी दशक यता फुटबलको दुनियाँमा राज गर्न सफल भएका व्यक्ति भएपनि विश्वका प्रशंसनीय व्यक्तिको सुचीमा भने टप ५ मा अटाउन सकेनन् । सन् २०१९ को प्रशंसनीय व्यक्ति (महिला तथा पुरुष)हरुमा विश्वभरका ४२ हजार जनाको नाममा अनलाइन भोटिङको माध्यमबाट यो सुची तयार गरिएको हो ।

रोनाल्डोले अघिल्लो वर्ष भन्दा तीन स्थान उक्लिदै १० स्थानबाट ७ औँ स्थानमा पुग्दा मेस्सीपनि २ स्थान उक्लिएर ९ औँ स्थानमा पुगेका हुन् । उनीहरु भन्दा अगाडी क्रमश विल गेट्स, बराक ओबामा, ज्याकी चेन, सि जिनफिङ, ज्याक मा रहेका छन् । यस्तै ७ औँ स्थानमा रोनाल्डो ८ औँ स्थानमा दलाई लामा र ९ औँ स्थानमा मेस्सी रहेको यूगभले जनाएको छ ।

Loading...