birat ribon

कविता – बलात्कार विरुद्ध आव्हान

Neuro
कविता – बलात्कार विरुद्ध आव्हान

प्रकाश कोइराला

cura insider

कामेच्छापगरी लुछेर विचरी ती कोपिला चाँचरी
छातीमा निचरी शरीर चिथरी, हत्या र हिंसा गरी
सूर्तामा नसही हजार धमनी, छन् रक्तमा पोखरी
मूर्छामा विरही हजार जननी, छन् आँसुमा दौंतरी

बानी राक्षस झैं भयो पुरुषको दुर्भाग्य आँखा तरी
नारी जीवनको परी भ्रमणको उन्मत्तचोला हरी
मैमत्ता पशुका कुकृत्य तनकाभाला र सोलासरि
बाटोमा मुटुका चिरा रगतकाधारा त खोलासरि

आमाका लुटिए शरीर गुँडका तीकाख रित्ताभए
छोरीमाधसिए छुरा मरणका तीकोख बाँझाभए
काँचो मृत्यु पिए लडे बगरमा संसार तर्दा भए
मीठा स्वप्नथिए उडे सगरमा सत्पात्र मर्दा भए

पृथ्वी ! ठाउँ कहीँकतै नि नदिउन ती लुक्न आए भने
वायू ! स्वास कहीँकतै नि नदिउन ती बाँच्न चाहे भने
पानी ! देह कहीँकतै नि नभिजोस् पापीष्ठ आए भने
मान्छे ! बास कहीँकतै नि नमिलोस पापीष्ठ धाए भने

काली गर्जनझैं भयंकर सँधै रक्षा गरी सन्तति
हे नारी ! पथ मै सखाप गर है अन्याय जाग्यो अति
अन्धो कानुनको छ के भर यहाँ जागेर आफैं उठौं
छोरीका सपना र चाह मनका साकार पारी जुटौं

jackson ribon