fbpx

समाजिक विकास मन्त्री जीवन घिमिरेले गरे सडकमा भौतारिरहेकी महिलाको उद्धार

प्रदेश १ सरकारबाट सडकमा भौतारिने मानसिक रोगीको उद्धारकालागि पहल सुरु

विराटनगर, ४ असोज । प्रदेश १ सरकारले. सडकमा भौतारिरहेकी मानसिक रोगीहरुको उद्धारकालागि पहल थालेको छ ।

प्रदेश १ लाई उपचार र संरक्षण अभावमा सडकमा भौतारिन बाध्य मानसिक रोगी रहित बनाउन प्रदेश सरकारले सूचना पाएपछि उनीहरुको उद्धारकालागि पहल थालेको हो ।

शनिबार विराटनगरमहानगर ३ बाट सडकमा भौतारिरहेकी मानसिक रोगी ४६ बर्षीया लीला कार्कीको प्रदेश १ सरकारका समाजिक विकास मन्त्री जीवन घिमिरेले उद्धार गरेका छन् ।

२६ बर्षदेखि मनोरोगी भएर सडकमा भौतारिएर हिडिरहने , फोहोरमैला टिपेर खाने , लगाएकै लुगामा दिसापिसाब गर्ने ४६ बर्षिया लीला कार्कीलाई शनिबार बिहान मन्त्री घिमिरे उद्धार गरेर उपचार र संरक्षणकालागि विराटनगर १० स्थित मानव सेवा आश्रममा पुर्याएका छन् । मानव सेवा आश्रममा अभियन्ताहरुले बिरामीलाई मनोचिकित्सकको रेखदेखमा उपचार सहित संरक्षण गर्नेछन् ।

गाउँका अगुवा नगेन्द्र ढकालले सडकमा बषौदेखी सडकमा भौतारिरहेकी मानसिक रोगी महिलाको वारेमा सूचना दिएपनि मन्त्री जीवन घिमिरे , उनकी पत्नी बिमला घिमिरे , सचिव वीरवहादुर राई , कानूनी परामर्शदाता कोषराज न्यौपाने , अधिकारकर्मी मन्जिता उपाध्याय सहित मानव आश्रम बिराटनगरका अभियन्ताहरु मानसिक रोगी लीलाको उद्धारमा सहभागी भएका थिए ।

सुत्केरी अवस्थामा मनोरोगी भएकी थिइन लीला
पति हस्तबहादुर कार्कीका अनुसार एक छोरी र २ छोराकी आमा लीला २६ वर्ष अघि सुत्केरी अबस्थामा मानसिक रोगी बनेकी थिइन । उनी जहाँपायो त्यही डुलेर हिँडने फोहोर खाने , चिसो भुइमा सुत्ने गर्नथालिन ।

गाउँलेहरुसँग घरघरमा गएर पैसा माग्ने नदिएमा ढुंगा हान्ने उनको आदत भयो । पति हस्तबहादुरले सुरुमा पत्नी लीलाको भारत राँचीको मानसिक अस्पतालमा उपचार गराएपनि निको भएन । आर्थिक अवस्था कमजोर भएकोले उनले पत्नीको थप उपचार गराउन सकेनन र लीलाको रोग झन जटिल बन्दै गयो ।

सडकमा भौतारिन बाध्य रोगीहरु रहित प्रदेश बनाउने सरकारको प्रतिबद्धता

सडकमा भौतारिरहेकी मनोरोगी महिलालाई आश्रममा पुरयाएपछि मन्त्री घिमिरेले पहिलो चरणमा सडकमा भौतारिन बाध्य मानसिक रोगी महिलाहरुको उद्धारलाई प्राथमिकता दिने बताए ।

उनका अनुसार भौतारिएर हिँडन बाध्य महिलाहरुको जीउधनको सुरक्षा अवस्थालाई ख्याल गरेर पहिलो चरणमा उनीहरको उद्धारमा सरकारले चासो दिएको हो ।

क्रमश सरकारले तथ्याङ संकलन गरेर सहारा बिहिन पुरुष मनोरोगीहरुलाई पनि उद्धार गर्र्ने योजना सरकारको मन्त्री घिमिरेले जानकारी गराए । उनले ,सडकमा भौतारिने मावन रहित प्रदेश बनाउन सरकारलाई स्थानिय तह , समाजिक सँस्था , दयालु दाताहरु नागरिक समाज सबैको सहयोग आवश्यक गर्न आग्रह गरे ।

प्रदेश १ सरकारले चालु बर्षको नीति तथा कार्यक्रममा प्रदेशलाई सडकमा भौतारिन बाध्य मानवरहित बनाउने घोषणा गरेको छ । सोही नीति कार्यान्वयन गराउन प्रदेश सरकारले सडकमा भौतारिनेहरुलाई उद्धार र संरक्षणमा चासो दिन थालेको हो ।

तस्बिरहरु , सुरज ढुंगाना । कोशी अनलाइन

Loading...