birat ribon

सीपीएलमा सन्दिप आबद्ध टिमको दोश्रो जित

Neuro
सीपीएलमा सन्दिप आबद्ध टिमको दोश्रो जित

विराटनगर ४ असोज । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध टिम बार्बाडोस ट्रिन्डेट्सले दोस्रो जित निकालेको छ । बार्बाडोसले सेन्ट लुसियालाई ७१ रनले पराजित गरेको हो ।

सन्दीपको टिमले पहिला ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । बार्बाडोसका लागि जस्टिन ग्रेभले ५७ रन बनाउँदा जोनाथन कार्टरले ३० रन बनाए । जोनसनले २८ रन बनाए । १७३ रनको लक्ष्य पछ्याएको सेन्ट लुसिया १४.५ ओभरमा १ सय १ रन मात्रै बनायो । खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दा २९ रन खर्चिएर १ विकेट हात पारे ।

cura insider

सन्दिपले नवौं ओभरमा दोस्रो ओभर लिएर आएका सन्दीपले पहिलो बलमै चौका दिए । दोस्रो बल डट राखेका सन्दीपले गरेको तेस्रो बलमा भने टिमले विकेट लिन सफल भए । कोलिन डी ग्राण्डहोम रन आउट भएका थिए । सन्दीपले शनिबार ३.५ ओभर बलिङ गर्दा २९ रन खर्चिएर १ विकेट लिए ।

jackson ribon