birat ribon

स्पेनिस ला लिगा : ओसानुसा र रियल बेटिस बराबरीमा रोकिए

Neuro
स्पेनिस ला लिगा : ओसानुसा र रियल बेटिस बराबरीमा रोकिए

विराटनगर ४ भदौ । स्पेनिस ला लिगाको शुक्रबार राती सम्पन्न खेलमा घरेलु मैदानमा ओसासुना रियाल बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाड्न बाध्य भएको छ । दोस्रो डिभिजनबाट यसै सिजन बढुवा भएको ओसासुनाले बेटिसमाथि दबाब बनाएपनि गोल गर्न सकेन् । खेल अवधिमा बिपक्षीको पोष्टमा ५ प्रहार गरेपनि ओसासुनाको लागि गएरातीको खेलमा भाग्यले साथ दिएन् । थप ६ प्रहार पोष्टतर्फ जान सकेनन् । पाहुना टोलीलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा अंक बाड्न बाध्य भयो ।

शुक्रबार रातीसम्मको खेलमा ५ खेलेको ओसासुना मध्ये ४ खेलमा बराबरी खेलेको छ भने एक खेलमा जितको नतिजा निकालेको छ । ओसासुन लिग तालिकाको आठौं स्थानमा छ। समान खेल खेल्दा १ जित, २ हार र २ बराबरी खेलको रियाल बेटिस तालिकाको १३ औं स्थानमा छ।

cura insider
jackson ribon