birat ribon

इंग्लिस प्रिमियर लिग : साउथह्याम्टनलाई हराउँदै वर्नेमाउथ शिर्ष तीनमा

Neuro
इंग्लिस प्रिमियर लिग : साउथह्याम्टनलाई हराउँदै वर्नेमाउथ शिर्ष तीनमा

विराटनगर ४ असोज । वर्नेमाउथ फुटबल क्लबले साउथह्याम्टनलाई हराउँदा इंग्लिस प्रिमियर लीगको तेश्रो स्थानमा पुगेको छ । साउथह्याम्टनलाई ३–१ गोल अन्तरले पराजित गर्दै वर्नेमाउथ प्रिमियर लिगका शीर्ष तीनमा पुगेको हो ।

खेलमा नाथन एकेले १० औँ मिनेटमा, ह्यारी विल्सनले ३५ औँ मिनेटमा र कालुम विल्सनले ईन्जुरी समयमा गोल गर्दै वर्नेमाउथको जित सुनिश्चित गरे ।
जेम्स वार्ड प्राउसले ५३ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोली साउथह्याम्टनको लागि सान्त्वना गोल गरे । वर्नेमाउथको लागि यो जित ऐतिहासिक हो । साउथह्याम्टनमाथि उसले इतिहास कायम गर्दै पहिलो जित निकाल्दा प्रिमियर लिगको तालिकामा तेश्रो स्थानमा सुरक्षित बनाउन सक्यो । वर्नेमाउथ लीगमा ६ खेलबाट १० अंक जोड्दा तालिकाको तेस्रो स्थानमा छ। साउथह्याम्टन ७ अंक सहित ११ औ स्थानमा छ ।

cura insider
jackson ribon