विराटनगरमा घन्किदै जेबी टुहुरे

विराटनगर ४ असोज । चर्चित जनगायक जे.बी. टुहुरेको एकल साँझ विराटनगरमा हुने भएको छ । ११ असोजमा विराटनगरको वीरेन्द्र सभागृहमा ‘जेबी टुहुरेको निरन्तरता २०७६’ एकल साँझ हुने भएको हो ।

जेबी टुहुरे फाउन्डेशनको आयोजनामा हुने सांगीतिक साँझमा टुहुरेले एक दर्जन बढी गीत गाउने छन् । दुई गीतमा भने नृत्य समेत रहने छ । ७५ वर्षीय जन गायक टुहुरेको प्रस्तुती हेर्न मुख्यमन्त्री शेरधन राई सहभागी हुने आयोजकले जनाएको छ ।

टुहुरेले चर्चित गीतहरु ‘आमा दिदी बैनी हो’, ‘बसाई हिड्नेको ताँतीले’, ‘कोशीको पानी सलल’ लगायका गितहरु गाउने फाउन्डेशनका सचिव वीरेन्द्र बस्नेतले बताए ।

Loading...