fbpx

पत्रपत्रिकामा देश : झिनामसिनामै अल्झिए मुख्यमन्त्री

विराटनगर ४ असोज । प्रदेश सरकार हाँक्ने मुख्यमन्त्रीहरु महत्वपुर्ण दयित्वलाई वेवास्ता गर्दै झिनामसिना औपचारिक कार्यक्रममा समय खेरा फालिरहेको समाचार कान्तिपुर दैनिकमा छ । प्रदेश सरकार गठन भएको डेढ वर्ष वितिसक्दापनि आवश्यक कानून निर्माण हुन सकेको छैन् ।

बनेका कतिपय कानूनपनि सरकारले नियमावली र कार्यविधि नबनाउँदा कार्यान्वयनमा आउन सकेको छैन् । बजेट कार्यान्वयनको अवस्थापनि कमजोर रहेको छ । मुख्यमन्त्रीहरु संघीय सरकारले अधिकार प्रत्यायोजन गर्न कन्ज्युस्याईं गरिरहको गुनासो गरिरहँदा पाएका अधिकार उपयोग गर्न भने चुकिरहेका छन् ।

यार्चा बेचेर मोटरसाइकल शिर्षकमा कान्तिपुरमै समाचार छ । माथिल्लो डोल्पाको बुद्धडोल्पो गाउँपालिकामा हिजोआज बाटो नै जाम हुने गरि मोटरसाइकल कुद्न थालेका छन् । घोडा र याकको भर पर्नुपर्ने बस्तीमा हिजोआज टापको आवाज कमै सुनिन्छ । बरु बस्ती थर्किने गरि मोटरसाइकल गुड्छन्, स्पिकरमा तिब्बती गित घन्काउदै । बुद्धडोल्पो गाउँपालिकाको धो तारप नेपालकै सबै भन्दा अग्लो स्थानमा रहेको मानव बस्ती हो ।

सीमावर्ती नाका मरिम लाबाट घोडा र याकले दुई दिन लगाउने बाटो मोटरसाइकलमा भने एकै दिनमा आउजाउ हुन थालेको छ । सामन ओसार पोसार गर्न अहिले मोटरसाइकलले गर्दा सजिलो भएको स्थानीयहरुले बताए । प्रायले मोटरसाइकल भने यार्चा बेचेर नै किनेका हुन् ।

अन्नपूर्ण पोष्टमा लक्ष्य ठुलो तयारी सुस्त शिर्षकमा समाचार छ । स्थायी शान्तिसँगै देशमा पर्यटकको आवागमनमा वृद्धि भएको छ । तर वृद्धिदर भने सिमित छ । सरकारले २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरेपनि तयारी भने सुस्त रहेको विज्ञहरुले बताए । विज्ञहरुका अनुसार जुन रफ्तारमा काम हुनुपर्ने हो त्यो हुन सकेको छैन् । हाल वार्षीक १२ लाख पर्यटक आइरहेका छन् ।

विदेशी पर्यटक भित्त्राउने एकमात्र हवाई मार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । विमानस्थलबाट सन् २०१८ मा ९ लाख ६९ हजार पर्यटक नेपाल आएका थिए । पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले तयारीविना लक्ष्य पुरा गर्न कठिन भएको बताए । २०२० लाई आधार वर्षको रुपमा मनाउनु पर्ने उनको सुझाव छ ।

खेलकुदमा चरम राजनीति भएको समाचारलाई नयाँ पत्रिका दैनिकले खेलकुदको मैदानमा पनि नेताकै परेड शिर्षकमा मुख्य समाचार छापेको छ । सार्वजनिक रुपमा दल र नेताहरुले खेलकुदलाई राजनीतिबाट मुक्त बनाउने प्रतिवद्धता पटक पटक गरेपनि व्यवहार ठिक उल्टो रहेको छ । राष्ट्रिय राजनीतिमा चर्चा कमाएका नेतासमेत खेलकुदको राजनीतिमा प्रत्यक्ष सहभागी छन् ।

नेपाल प्रहरीका आईजिपी, बैंकर, व्यापारी, गुण्डा नाइकसम्म पनि खेलकुदको संस्थामा नेतृत्वमा छन् । ओलम्पिक कमिटीमा नेकपाको हालीमुहाली छ । आइजिपी सर्वेन्द्र खनाल नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हुन् । तर प्रहरी संगठनकै कार्यव्यस्तताले संघको बैठकमा भने विरलै पुग्ने गरेका छन् । सुरक्षा निकायमात्र नभई गुण्डा नाइके चक्रे मिलनपनि खेलकुद क्षेत्रको नेतृत्वमा छन् । मिलन इन्टरनेसनल क्योकोसिन काइकान कराते संघ, नेपालका अध्यक्ष हुन् ।

Loading...