fbpx

पत्रपत्रिकामा प्रदेश : संविधान दिवसकै चर्चा

विराटनगर ४ असोज । ब्लाष्ट टाइम्समा संविधान दिवस कतै उल्लास, कतै विरोध शिर्षकमा मुख्य समाचार छ । उद्घोष दैनिकमा प्रदेशमा संविधान दिवस तीनजनालाई जनही पाँच लाखको सम्मान शिर्षकमा समाचार छ ।

यस्तै संविधान दिवस भव्य शिर्षकमा जनविद्रोह दैनिकमा मुख्य समाचार समाचार छ । नागरिक पूर्वेलीमा संविधान दिवसमा तीन सम्मानित शिर्षकमा मुख्य समाचार छ । देशभर संविधान दिवस मनाइरहँदा असन्तुष्ट राजनीतिक दलहरुले संशोधनको माग गर्दै विरोध जनाएका छन् । २०७२ असोज ३ गते संविधान जारी भएको दिनको सम्झनामा दिपावली गरि संविधान दिवस मनाउँदा संशोधनको माग राख्दै आएका दलहरुले भने कालो दिवसको रुपमा कालो झण्डा प्रदर्शन गरे ।

राजपाका महासचिव मनिष सुमनको नेतृत्वमा विराटनगरमा कालो झण्डा सहित र्याली निकालिएको थियो । कालो झण्डा प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । विरोध र्याली पछि हनुमानदास रोडमा विरोध सभा पनि आयोजना गरिएको थियो ।

प्रदेश १ सरकारले भने विशेष सभाको आयोजना गर्दै संविधान दिवस मनाउने क्रममा राष्ट्रिय गानका रचनाकार प्रदिप राई (व्याकुल माइला), म्याराथु धाविका मीरा राई र २४ पटक सगरमाथा आरोहण गर्ने कामिरीता शेर्पालाई नगद ५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

झापाको भद्रपुरस्थित विमानस्थल स्तरोन्नतीको काम तीव्रमा अगाडी बढेको छ । यो समाचार जनविद्रोह दैनिकमा छ । विमानस्थलको धावन मार्ग रन व मर्मत र विमान पार्किङ स्थल बढाउने कामले तीव्रता पाएको हो । प्राधिकरणले रन वे विस्तारको लागि पूर्वपट्टिको स्थानीयको जमिन खरिद गरिसकेको छ । धावन मार्ग बढाउँदा पश्चिमतर्फ रहेको नेपाली सेनाको ब्यारेक हटाउनु पर्ने हुन्छ भने जिल्ला प्रशासन कार्यालय झापाको भवन समेत भत्काउनु पर्ने हुन्छ ।

अपांगतामैत्री संरचना नभएको समाचार नागरिक पूर्वेलीमा छ । सरकारी तथा सार्वजनिक प्रयोजनका लागि निर्माण भएका भवन अपांगता भएकाहरुकालागि सजिलै प्रयोग हुन सक्ने बनाउनु पर्ने व्यवस्था भएपनि प्रदेश १ को राजधानी विराटनगरमा निर्माण भएका भवन त्यस्ता छैनन् । सार्वजनिक प्रयोजनका लागि बनेका भवन तथा सडक सम्बन्धित निकायको व्यवास्ताले अपांगतामैत्री हुन नसकेको हो । अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ मा भएको व्यवस्था विपरीत सार्वजनिक संरचना निर्माण भइरहेको छ ।

Loading...