fbpx

मूर्ति सेलाउन जाँदा डुबेर मृत्यु

विराटनगर ३ असोज । विश्वकर्मा पूजाको मूर्ति सेलाउने क्रममा मोरङको कटहरी गाउँपालिका ४ स्थित जुडी खोला डुबेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय ४० बर्षिय गोग नारायण उरावको मृत्यु भएको हो । बिहीबार मूर्ति सेलाउन गएका उनी आफन्तको सम्पर्कमा नआएपछि खोजी गर्दा शुक्रबार बिहान खोलाको किनारमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

Loading...