birat ribon

यौन दुर्व्यवहारको आरोपमा पूर्वमन्त्री चिनमायानन्द पक्राउ

Neuro
यौन दुर्व्यवहारको आरोपमा पूर्वमन्त्री चिनमायानन्द पक्राउ

उत्तर प्रदेश ३ असोज । युवतीलाई यौनदुर्व्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्व मन्त्री पक्राउ गरेका छन् । सत्तारुढ दल भारतीय जनता पार्टीका नेता तथा पूर्वमन्त्री स्वामी चिनमायानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी पक्राउ गरेको हो ।

चिनमायानन्दलाई उनकै घरबाट पक्राउ गरिएको अनि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको चिनमायानन्दका वकिल पूजा सिंहले बताइन् । उनलाई अहिले चिकित्सकको निगरानीमा राखिएको भएपनि वकिललाई समेत भेट्न नदिएको सिंहको आरोप छ ।

cura insider

पक्राउ गरेपछि चिनमायानन्दलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । उनलाई नियमितरूपमा स्वास्थ्य परीक्षणका लागि ल्याउने गरिएको एक चिकित्सकले बताए ।

jackson ribon