birat ribon

षडानन्द नगरपालिकामा बम विस्फोट

Neuro
षडानन्द नगरपालिकामा बम विस्फोट

भोजपुर ३ असोज । भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । विप्लव समूहले शुक्रबार बिहान ३ बजे नगरपालिकाको गाडीलाई लक्षित गर्दै बम विस्फोट गराएको हो । कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीमगरले बताए ।

विस्फोटन भएको ठाउँमा ‘दलाल पूँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको नेत्रविक्रम चन्द समूहकोे पर्चा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । त्यस्तै नगरपालिकाको ग्यारेज छेउमा शङ्कास्पद वस्तु पनि फेला परेकाले त्यसलाई डिस्पोजनका लागि सङ्खुवासभाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ ।

cura insider
jackson ribon