birat ribon

भारतीय प्रधानमन्त्री मोदीको दिर्घायूको कामना गर्दै पशुपतिमा विशेष पूजा

Neuro
भारतीय प्रधानमन्त्री मोदीको दिर्घायूको कामना गर्दै पशुपतिमा विशेष पूजा

काठमाडौं ३ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको ६९ औँ जन्मोत्सवको अवसरमा पशुपतिनाथ मन्दिरमा दिर्घायूको कामना गर्दै विशेष पूजा गरिएको छ ।

रुद्राभिषेकसहितको विशेष पूजा बिहान साढे नौ बजेपछि गरिएको हो । मोदीको दीर्घायु, दीर्घ सुशासन र स्वच्छ भारतको लक्ष्यसहित निरन्तर अघि बढोस् भन्ने सङ्कल्पले शुक्रबार विशेष पूजा गरिएको पशुपतिनाथका मूल पुजारी रावल गणेश भट्टले बताए । पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न भारतीय जनता पार्टी (भाजपा) का नेता सञ्जीव शुक्लाको नेतृत्वमा कमलेश तिवारी, उमेश गुप्ता, राकेश तिवारी, लालता साहू, डा. शिवमोहन गुप्तासहितको समूह काठमाडौँ आएको छ ।

cura insider

सन् १९५० सेप्टेम्बर १७ तारिखका दिन जन्मिएका भारतीय प्रधानमन्त्री मोदी ६९ वर्ष पूरा भई ७० वर्षमा प्रवेश गरेका छन् । दोस्रोपटक मोदी भारतको प्रधानमन्त्री भएको १०० दिन पूरा भएको अवसरसमेत पारेर विशेष पूजा गरिएको भारतीय समूहका नेता शुक्लले बताए । पशुपति क्षेत्र विकास कोषको रसिद काटी मोदीका तर्फबाट मूल भट्टले विशेष पूजा गरे । विशेष पूजापछि पशुपति प्राङ्गणमा नेपाल–भारत मित्रताको कामना गरिएको थियो ।

jackson ribon