birat ribon

घाममा हेर्दा देखापर्छ आँखा पाक्ने समस्या, यसरी गर्नुहोस् रोकथाम

Neuro
घाममा हेर्दा देखापर्छ आँखा पाक्ने समस्या, यसरी गर्नुहोस् रोकथाम

धुलो, घाममा धेरै समय बसेमा, केहि कुरालाई टोलाएर धेरै बेर सम्म हेरिरहेमा वा मोबाइल, ल्यापटप जस्ता सामग्रीहरि बढी प्रयोग लगायत असरले आँखालाई प्रभाव पार्छ ।

आँखामा धेरै समय सम्म जोर पर्न जादा आँखामा अन्य समस्या देखा पर्न थाल्छ । आँखा पाक्ने रोग र आँखाको एलर्जी झट्ट हेर्दा उस्तै उस्तै देखिन सकिन्छ । तर, आँखा चिलाउने समस्या आएका व्यक्तिमा अर्कोे वर्ष पनि उस्तै समस्या दोहोरियो भने वा कोहि आँखा पाकेको व्यक्तिको आँखालाई केहि समय सम्म हेरिरह्यो भने आँखा पाक्ने रोग लाग्न सक्छ ।

cura insider

आँखा पाक्ने समस्या सरुवा रोग हुने हुदा बिरामीको नजिकै बसेर कुरा गर्दा हावाको माध्यमबाट रोग सर्ने भएकाले यसको विशेष ध्यान दिनुपर्छ । सकेसम्म बिरामीको नजिक बसेर कुराकानी समेत गर्नुहुँदैन ।

सामान्य देखिएको आँखा को रंग भन्दा रातो देखिएमा आँखामा केही समस्या सुरु भएको बुझ्नुपर्छ । एक्कासि आँखा रातो हुनु , आँखा चिलाउनु, दुख्नु भनेको आँखा पाक्ने लक्षण हुन सक्छ । यस्तो लक्षण देखिना साथ ढिला नगरी चिकित्सक कहाँ जानुपर्छ ।

आँखाको डिल सुनिएर हेर्न समस्या भयो भने पनि आँखा पाकेको हुन सक्छ । आँखा पाक्न नदिन तथा आँखामा कुनै समस्या आउन आँखाको सरसफाइमा अत्यधिक ध्यान दिनु पर्छ । आँखा पाकेको अवस्थामा आँखाबाट आँसु बगिरहन सक्छ । साथै, कहिलेकाहीँ रगतजस्तो पानी तथा अत्यधिक पकेमा पिप समेत निस्कन सक्छ । आँखा पाकेर पिप जमेको जस्तो देखिएको छ भने आँखालाई निचोर्ने गर्नु हुँदैन । यसले अझ समस्या निम्त्याउन सक्छ । आँखा पाक्ने समस्या हुने बिरामीले पानी प्रशस्त मात्रामा पिउनुपर्छ । सीधै घाममा हेर्नु हुँदैन ।

गर्मी मौसममा सीधै घाममा हेर्ने गर्दा पनि आँखा पाक्ने समस्या आउन सक्छ । कम्तीमा दिनको चारपटक हात, मुख र आँखा सफा गरिरहनु पर्छ । घरको कुनै व्यक्तिलाई आँखासम्बन्धी समस्या भए टाढा नै बस्नु पर्छ । आँखा एकदम दुखेमा बरफले पनि सेक्न सकिन्छ ।

आँखा चिलाएमा फोहोर हात तथा रुमालको प्रयोग भने गर्नु हुदैन । आँखा पाक्ने रोग सरुवा भएकाले अरूलाई सर्न नदिन बिरामी तथा आफन्तले पनि विशेष सजगता अपनाउनुपर्छ । बिरामीले प्रयोग गरेको रुमाल अन्यले प्रयोग गर्न नहुने साथै बाहिर घाममा हिँड्दा चस्माको प्रयोग अनिवार्य गर्नुपर्छ । चिकित्सकको सुझाव बिना आँखामा कुनै प्रकारको औषधिको प्रयोग गर्नु हुँदैन् । यसले समस्यालाई सुधार्नु भन्दा पनि बिगर गर्न सक्छ ।

jackson ribon